काठमाडौं । नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ।
एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान गरिएको हो ।
गुल्मीका लोकु सेनकाअनुसार घटनापछि आफूहरूले ‘देश बाहिर पनि नेपाली अभिभावक रहेछन्’ भन्ने अनुभूति गर्न पाएको बताए । एनआरएन पोर्चुगलले गरेको सहयोगले पीडितहरूलाई केही हदसम्म राहत महसुस भएको उनले बताए ।
राहत वितरण कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिव तिलक गैरे, आइसीसी सदस्य राजकुमार गुरुङ, उपाध्यक्षद्वय निर्पेश गिरी र सुदन निउरे, महासचिव गोविन्द बुढाथोकी, सदस्यहरू विनोद केसी, हरि देवकोटा, भवानी शंकर कडेल लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
संघले आगामी दिनमा पनि आपत्कालीन अवस्थामा सहयोगका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ