शुक्रबार, कार्तिक २१, २०८२

हतियारसहित टिकटक बनाउने युवक ठमेलबाट पक्राउ, ५ दिनको म्याद थप

सामाजिक सञ्जाल टिकटकमा हतियार प्रदर्शन गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले मुस्ताङ घर भई हाल स्वयम्भू बस्ने २१ वर्षीय कर्म साङ्पो ठकुरीलाई बुधबार अपरान्ह पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, ठमेलस्थित एक होटेलमा एक व्यक्तिले हतियार लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा परिसर र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। त्यस क्रममा होटेलको चौथो तल्लाको कोठामा बसेका ठकुरीलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा सिरकभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल जस्तो देखिने एक थान हतियार बरामद गरेको छ। बरामद हतियारमा ‘1976 Model TM-07K.K mdtsushirso JAPAN’ लेखिएको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका ठकुरीविरुद्ध हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अमीत राज बोहोराले जानकारी दिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत