शुक्रबार, कार्तिक २१, २०८२

वामपन्थी एकताको सम्भावना, छिट्टै अर्को सम्मेलन हुन सक्ने प्रचण्डको संकेत

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न वामपन्थी तथा कम्युनिस्ट घटकहरूबीच एकताका लागि गम्भीर छलफल भइरहेको खुलासा गरेका छन्। बुधबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निकट भविष्यमै वामपन्थीहरूबीच एकता हुन सक्ने बलियो सम्भावना रहेको बताएका हुन्।

आफ्नो सम्बोधनका क्रममा उनले भने, “म यहाँबाट भन्न चाहन्छु, विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइराखेको छ।” उनले एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन छिट्टै अर्को सम्मेलनको आयोजना हुन सक्ने संकेत गरे। “छिट्टै अर्को सम्मेलन हुनसक्छ। त्यो आठौँ सम्मेलन वा एकताको सम्मेलन पनि हुनसक्छ,” प्रचण्डले भने, “त्यसका लागि तयार भएर बस्न म आग्रह गर्छु।”

यो घोषणाले नेपालको विभाजित वामपन्थी आन्दोलनमा नयाँ तरंग सिर्जना गरेको छ। लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास पुनः सुरु भएको यसलाई महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ। प्रचण्डको यो भनाइले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्भावित एकताका लागि मानसिक र साङ्गठनिक रूपमा तयार रहन स्पष्ट निर्देशन दिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत