शुक्रबार, कार्तिक २१, २०८२

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ । शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा सरेका छन् ।

आजै एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका थिए । 

 उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका थिए । 

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका थिए ।

रातोपाटी बाट साभार

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत