नवनियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डिएसपी थापा खटिए
२८ भाद्र २०८२ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्।प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा सुरक्षा टोली खटाएको हो।
डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए । उता, सपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्।

