शुक्रबार, कार्तिक २१, २०८२

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्।

उनका अनुसार प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको ज्यान गएको छ।

आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका पनि उनले जानकारी दिए।

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनका क्रममा प्रहरीसँग व्यापक झडप भएको थियो। सो क्रममा विभिन्न स्थानमा आगजनी हुँदा थप मानवीय क्षति भएको हो।

मृतक सबैको सनाखत हुन बाँकी छ। जलेका स्थानहरू सफाइ गर्ने क्रममा शव भेटिने क्रम अझै जारी रहेको प्रहरीको भनाइ छ। आज बिहान मात्र चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीबाट थप ६ जनाको शव बरामद भएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत