बुधबारदेखि सेयर बजार पुनः सञ्चालन हुने
भदौ २४ गतेदेखि बन्द भएको सेयर बजार अब पर्सि बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ। नेपाल धितोपत्र बोर्डसँग परामर्शपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बजार खोल्ने निर्णय गरेको हो।
बोर्डका एक उच्च अधिकारीका अनुसार बुधबारदेखि कारोबार सुरु गर्ने तयारी पूरा भएको र यसबारे सूचना नेप्सेलाई पठाइनेछ। नेप्सेले यसलाई चाँडै नै औपचारिक रूपमा सार्वजनिक गर्नेछ।
यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार स्थगित गर्ने सूचना जारी गरेको थियो। तर, नयाँ निर्णयसँगै उक्त सूचना स्वतः खारेज भएको छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न शहरमा भएको विध्वंसपछि सेयर बजार बन्द गरिएको थियो। यसरी बजार एक सातापछि मात्रै खुल्न लागेको हो।

