विराटनगरको भाटभटेनीमा जलेको शव फेला
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको छ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तल्लामा सरसफाइ गर्ने क्रममा कर्मचारीले शव भेटेका हुन्। जलेको कारण शवको पहिचान खुल्न सकेको छैन।
गत भदौ २४ गते आन्दोलनकारीका नाममा अराजक समूहले भाटभटेनीमा आगजनी गरी ध्वस्त पारेको थियो।
यसअघि धरान शाखामा ४ र बौद्ध शाखामा ६ जनाको शव भेटिइसकेको छ।

