जडिबुटीको नरेफाँटमा जेनजी आन्दोलनकारीहरूले लुटपाट र आगजनी गरेर विध्वंस पारेका प्रहरी चौकीको पुन:निर्माण एवं पुन:र्स्थापना सम्पन्न भएको छ। प्रहरी चौकी नरेफाट, कोटेश्वर पुन: स्थापना समितिको संयोजनमा चौकी पुन:निर्माण एवं पुन:र्स्थापना सम्पन्न भएको हो ।
देव चौलागाईं संयोजक रहेको उक्त समितिले प्रहरी डियुटीको निमित्त प्रहरी चौकीलाई एक मोटरसाइकल समेत हस्तान्तरण गरेको छ। समितिका सह-संयोजक सार्कीमान लामाका अनुसार टोलबासीको नगद तथा जिन्सी सहयोगमा यो सामाजिक कार्य सम्पन्न भएको हो ।
स्थानीयले प्रहरी चौकी पुनस्थापना गरी त्यहाँ दरबन्दी रहेका प्रहरीहरूलाई स्वागत गरेपछि देशभर यस किसिमको लहर सिर्जना भएको छ। काठमाडौँका टोलटोलमा रहेका क्षतविक्षेत चौकीहरूको पुनर्निर्माण गर्न स्थानीय सरकार, स्थानीय टोल विकास समितिहरू र नागरिकको सहभागिता जुटेको छ।
प्रहरी जवानको लत्ता कपडादेखि सञ्चार उपकरण, कम्प्युटर लगायत सम्पूर्ण सरसामान, विभिन्न मुद्दाका फाइलहरू, प्रमाणहरू, चोरी तथा लुटपाटबाट जफत गरिएका धनमालहरू, लगायतका सम्पूर्ण चिजको नाश भएको छ। प्रहरीका हतियार लुटिएका छन् । कतिपय स्थानमा त उनीहरूका पोशाक नै लुटिएका छन्।





देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ