नेपाल प्रहरीमा नयाँ भर्ना खुलाइएको छ।
प्रहरी प्रधान कार्यालयले १ हजार ५९४ जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
आज प्रकाशित सूचना अनुसार एक हजार ५५३ जना प्रहरी जवान, ११ जना प्रहरी कार्यालय सहयोगी, १५ जना कपाल काट्ने हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी समावेश छन्।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा पास भएको हुनुपर्ने छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ तोकिएको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ