शुक्रबार, कार्तिक २१, २०८२

प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा


कान्तिपथ


काठमाडौं । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीलाई जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्यक्रममा उनले जनता, समाज र प्रहरीबीच सहकार्यको कुनै विकल्प नभएको उल्लेख गरे। साथै प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न र चुनौतीपूर्ण अवस्थासँग सामना गर्न प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा पनि उनले जोड दिए।

केहिदिन अघि मात्र हाजिर भएका थापाले काठमाडौं प्रहरी को मनोबल उच्च राख्न र शान्ति सुरक्षाको सवालमा कुनै किसिमका सम्झौता नगरिने पनि बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत