मङ्लबार, बैशाख १५, २०८३

अवकाशअघि बिदामा बस्न चाहेका एपीएफ प्रमुख अर्यालको निवेदन स्वीकृत भएन


कान्तिपथ


काठमाडौंमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले अवकाशअघि बिदा बस्नका लागि निवेदन दिएका छन्। वैशाख १८ मा चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जान लागेका उनले गत साता गृह मन्त्रालयमा बिदाका लागि आवेदन दिएका हुन्।

तर, हालसम्म उनको बिदा स्वीकृत भएको छैन। उपत्यकामा सुकुम्बासी बस्ती हटाउने सरकारी योजना कार्यान्वयनको चरणमा रहेकाले बिदा स्वीकृत नगरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

अर्यालको अवकाशपछि सशस्त्र प्रहरी बलको नेतृत्वका लागि एआईजी नारायणदत्त पौडेल र वंशी दाहालबीच प्रतिस्पर्धा हुने देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत