शुक्रबार, कार्तिक २१, २०८२

फ्री तिब्बतसँग जोडेर बदनाम गर्न खोजियो : सुदन गुरुङ


देव चौलागाईं


‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे।

गुरुङले भनेका छन्, “अब अति भयो। हाम्रो समाजमा अराको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै हराएन। अहिले फेरि नयाँ रूपमा साइबर सेनाको खेल सुरु भएको छ।”

भाइरल फोटोमा देखिएको ‘टीओबी’ लाई कतिपयले ‘टिबेटन ओरिजिन ब्रदरहुड’ र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरेका थिए। तर गुरुङले त्यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो अभियानमा कुनै पनि विदेशी शक्ति, आइएनजीओ वा राजनीतिक समूहको संलग्नता नरहेको स्पष्ट पारे।

उनका अनुसार ‘हामी नेपाल’ कुनै गैरसरकारी संस्था नभई गैरनाफामुखी संगठन (एनपीओ) हो, जसले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गर्छ। “हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं,” उनले प्रष्ट्याए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत