माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उनी र उनको परिवारविरुद्ध भइरहेको “प्रायोजित र भ्रामक” प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीको निन्दा गरेका हुन्।
सचिवालयले जेन-जी आन्दोलनअघि प्रचण्ड निवासबाट दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र पुत्री गंगा दाहालको घरमा आठ सुरक्षाकर्मी खटाइएको जस्ता आरोपहरूको सत्यता प्रमाणित गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिएको छ।
यस्ता गलत प्रचार साइबर कानुनविपरीत भएकाले कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको र भविष्यमा यस्ता सामग्री फैलाउने स्वयं जिम्मेवार हुने चेतावनी दिइएको छ। सचिवालयले आम जनतालाई यस्ता भ्रममा नपर्न पनि अपिल गरेको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ