आज बिहान साढे १० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ, जसमा मन्त्रालय पुनर्संरचनासम्बन्धी प्रस्तावमाथि महत्वपूर्ण छलफल हुने तयारी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकार केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ नाम दिने योजनाको अन्तिम चरणमा पुगेको छ। प्रस्तावअनुसार चार मन्त्रालय खारेज गरिनेछ भने अन्य छ वटा मन्त्रालयको नाम परिवर्तन गरिने तयारी छ। साथै, केही संरचनालाई हालका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत राख्ने विषयमा पनि छलफल हुने बताइएको छ।
यसअघि मन्त्रालय मर्ज र पुनर्संरचनाको खाका तयार पार्न गोविन्दबहादुर कार्की को संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले संघीय स्तरमा मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने प्रस्ताव पेश गरेको थियो।
आजको बैठकबाट यस विषयमा ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ