शुक्रबार, कार्तिक २१, २०८२

माओवादीका अर्का उपाध्यक्ष पनि सुन तस्करीमा तानिंदै


देव चौलागाईं


विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ। यसअघि माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा यसै प्रकरणमा पक्राउ परिसकेका छन्।

पुनका जेठा छोरा जितेन्द्र पुन ले दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चीनको ताक्लाकोट पुगेर चार किलो सुन लिएको आरोप लागेको छ। भुक्तानी नदिँदा त्यो प्रकरण सार्वजनिक भएको थियो। हाल उनी अमेरिकामा रहेको बताइएको छ।

कान्छा छोरा दीपेश पुन पनि ९ किलो र ६१ किलो सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् र हाल भारतमा फरार रहेको प्रहरी स्रोतले जनाएको छ।

त्यस्तै, पुनको सचिवालयका वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङ र पुनकी आफन्त अमला रोका पनि सुन तस्करी प्रकरणमा मुछिएका छन्।

यी सबै घटनाक्रमका कारण प्रहरीले पूर्वउपराष्ट्रपति पुन र चिनियाँ गिरोहबीच शंकास्पद सम्बन्ध रहेको ठहर गर्दै उनीमाथि अनुसन्धान अघि बढाएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत