मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको थियाे ।
जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सिंहलाई उनकै पार्टी जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, महन्थ ठाकुर नेतृत्वको लोसपाले समर्थन फिर्ता लिइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्री सिंह स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उनले विश्वासको मत लिन लागेका हुन् ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन चर्किएपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको भए पनि स्थिति सामान्य बनेपछि लिखित राजीनामा दिन अस्वीकार गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ