प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्। प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्।
बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ