विगत तीन दिनदेखि ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको १० औँ बैठक आज पनि बस्दैछ। असाेज २९ गतेदेखि जारी बैठक आजै सक्ने तयारी छ। शुक्रबार बिहान ८ बजेदेखि बैठक सुरु हुँदैछ।
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि आजै अध्यक्ष ओलीसहितका पदाधिकारीले आफ्ना धारणा राखेर बैठक सक्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिए।
बैठकको दोस्रो दिन हिजो एकसय ४७ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखेका छन्। अझै एकसय भन्दा धेरै सदस्यले बोल्न बाँकी छ। पहिलो दिन ५० जना केन्द्रीय सदस्यले बोलेका थिए।
बैठकमा केन्द्रीय सदस्यलाई तीन मिनेट मात्रै बोल्ने समय दिइएको छ। विगत चार दिनदेखि ललितपुरको सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्दैछ। आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।
असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे बोलेका थिए। त्यसैगरि महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल, नृपबहादुर वड लगायतले बोलेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ