नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ यो वर्ष केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले प्राप्त गर्नुभएको छ। ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो।
लामो समयदेखि विभिन्न हाइप्रोफाइल तथा जघन्य अपराधका घटनाहरूको सफल अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेबापत डीएसपी भण्डारीलाई यो प्रतिष्ठित पुरस्कारबाट सम्मान गरिएको हो।
सोही समारोहमा अन्य विभिन्न पुरस्कारहरू पनि प्रदान गरिएको थियो। यस वर्षको ‘पूर्ण शान्ति पुरस्कार’ जिल्ला प्रहरी कार्यालय, रामेछापमा कार्यरत डीएसपी भोला भट्टलाई प्रदान गरियो।
त्यस्तै, ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ बाट डिल्लीबजार कारागारमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दुर्गा राई सम्मानित हुनुभएको छ। जेनजी आन्दोलनका क्रममा कारागारमा हुन सक्ने सम्भावित घटनालाई रोक्दै कैदीहरूलाई भाग्नबाट रोक्न उहाँले प्रदर्शन गर्नुभएको साहसिक कार्यको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ