बुधबार, फाल्गुन ६, २०८२

कोटेश्वरमा फेरी भेटौंला एंव विदाइ कार्यक्रम सम्पन्न


कान्तिपथ


“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर ३२ को संयुक्त आयोजनामा ‘स्वागत एंव फेरी भेटौंला तथा शान्ति–सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रविन्द्र थापाले गरेका थिए भने प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक हरी खतिवडाले गरेका थिए। कार्यक्रममा पूर्व अतिरिक्त महानिरीक्षक तथा समाजका सल्लाहकार उत्तमराज सुवेदी, वडा सदस्य भगवान बुढाथोकी, प्रहरी निरीक्षक यज्ञराज भट्ट, राज किशोर शाह, भुपाल राई, प्र. नि. राजन थापा र प्र. नि. सूर्यप्रसाद पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सरुवा भई जाने र नयाँ सरुवा भई आउने प्रहरी अधिकृतहरुलाई समाजका तर्फबाट सम्मान गर्दै फेरी भेटौंला कार्यक्रम आयोजना गरिएको थियो। साथै शान्ति सुरक्षा सुदृढीकरणका विषयमा सहभागीबीच अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव पदम कुमार रेग्मीले ले गरेका थिए भने शुभकामना मन्तव्य देव चौलागाईं र उत्तम भण्डारीले राखेका थिए। सरुवा भई जाने निरीक्षक राजन थापा र सूर्यप्रसाद पौडेलले धन्यवाद मन्तव्य व्यक्त गरे।

अन्त्यमा प्रमुख अतिथि खतिवडाले समुदाय-प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै शुभकामना गरेभने अध्यक्ष थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत