काठमाडौं । नेपाल प्रहरीका डीआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डीआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको हो ।
कार्तिक २८ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
यसअघिका एआईजी दान बहादुर कार्की आईजीपीमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।
उक्त रिक्त एआईजी पदमा कार्की बढुवा भएका हुन् ।
उनी यसअघि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ