बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • गैरहाजिर रहेका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर रहेका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


गणेश विक


काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ।

गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एक कार्यालय सहयोगी रहेका छन्।

दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

नाम, ठेगाना र गैरहाजिर भएको मितिसहित सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन आग्रह गरेको छ।

अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत