दोलखा — बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले दोलखामा ट्राफिक प्रहरीले विद्यालयदेखि विभिन्न सुरक्षा संस्थासम्म लक्षित गरी सडक सुरक्षा जागरण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत ट्राफिक नियमको पालना, हेलमेट र सीटबेल्टको अनिवार्य प्रयोग तथा मदिरा सेवनपछि सवारी नचलाउने विषयमा व्यापक जनचेतना फैलाइँदैछ।
विद्यालय, सार्वजनिक स्थल र विभिन्न संस्थामा सञ्चालन भइरहेको यस अभियानमार्फत विद्यार्थी, चालक तथा सर्वसाधारणलाई सुरक्षित यात्राबारे जानकारी गराइएको छ। ट्राफिक प्रहरीले दुर्घटनाको मुख्य कारण मानिने लापरवाही, तीव्र गति र मादक पदार्थ सेवनबारे विशेष रूपमा सचेत गराइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख ठाकुर भट्टराईका अनुसार, अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ। “गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटेको छ,” उनले बताए। उनका अनुसार निरन्तर सचेतना कार्यक्रम, कडाइका साथ गरिएको अनुगमन र नागरिकको बढ्दो सहयोगका कारण दुर्घटना न्यूनीकरण सम्भव भएको हो।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित सडक र सुरक्षित यात्राको संस्कार विकास गर्ने लक्ष्य लिएको जनाएको छ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ