बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • आस्था राउतले ‘देशको माटोलाई माया गरौँ’ भनिन: हर्कका समर्थकले आफ्नो चुनाव चिन्ह बुझे

आस्था राउतले ‘देशको माटोलाई माया गरौँ’ भनिन: हर्कका समर्थकले आफ्नो चुनाव चिन्ह बुझे


देव चौलागाईं


काठमाडौं – लोकप्रिय गायिका आस्था राउतले फरक सन्दर्भमा दिएको अभिव्यक्तिलाई केही समूहले तोडमोड गरी प्रचार गरेको पाइएको छ। श्रम संस्कृति पार्टीका केही समर्थकहरुले सामाजिक सञ्जालमा राउतको भिडियोको सानो अंशलाई काटेर अनर्गल र झुठो प्रचार गरेको देखिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ म्याग्दीमा अन्नपूर्ण युवा क्लवले आयोजना गरेको कार्यक्रममा आस्थाले महावीर पुनको पक्षमा बोल्दै आफू सधैँ देश र माटोको पक्षमा रहेका व्यक्तिको समर्थनमा रहेको बताएकी थिइन् । 

सांस्कृतिक प्रस्तुति अघि बोल्दै राउतले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने आशयमा बोलेको बुझ्न सकिन्छ। प्राप्त भिडियो अनुसार, उनले आफुलाई राउत क्षेत्रीको छोरी भएपनि नेपालको छोरी भएको बताइन्। साथै, उनले आफूले सही र गलतलाई स्पष्ट भन्न सक्ने व्यक्तित्व भएको पनि व्यक्त गरेकी छन्।

तर, श्रम संस्कृति पार्टीका समर्थकहरुले उनका भनाइलाई तोडमोड गरेर आफ्नै पक्षमा प्रयोग गरेको आरोप लगाइएको छ। यसमा प्रमुख कारणको रूपमा सो पार्टीको चुनाव चिन्ह ‘माटो’ भएको बताइएको छ। गायिकाले उक्त कार्यक्रममा स्पष्ट पारेकी छिन् कि, “मैले देशको माटोको माया लाग्छ भनेको हुँ, कुनै पार्टी विशेषको चुनाव चिन्हको होइन।”

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ग हुन्, जो धरान उपमहानगरपालिकाका पूर्व मेयर हुन्। उनी हाल मेयर पदबाट राजिनामा दिएका छन् र सुनसरी क्षेत्र नं १ बाट माटो चिन्ह लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

विश्लेषकहरूले यो घटनालाई सामाजिक सञ्जालमा राजनीतिक प्रचारको उदाहरणका रूपमा देखाउँदै, सार्वजनिक व्यक्तित्वका अभिव्यक्तिलाई ध्यानपूर्वक नबुझी प्रचारित गर्दा भ्रम फैलिन सक्ने चेतावनी दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत