काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निर्वाचन अवधिमा पनि सेवा उपलब्ध गराउने भएकाे छ।
नेपाल राष्ट्र बैंकले वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएका बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्ने भएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
२०८२ साल फागुन २१ गते हुने निर्वाचनका सम्बन्धमा नेपाल सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
त्यस्तै फागुन १८ गते हिमाली र पहाडका ५६ जिल्लामा तथा १९ गते तराईका २१ जिल्लामा होली पर्व परेका सार्वजनिक बिदा छ । सो अवधिमा बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ