रुपन्देही । रुपन्देहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टका अनुसार मृत्यु हुनेमा देवदह–७ का २८ वर्षीय सुनील पाण्डे रहेका छन्। बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१ ००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो।
राति करिब साढे १० बजे भएको दुर्घटनापछि दुवै घाइतेलाई तत्काल उद्धार गरी देवदह मेडिकल कलेज, भलुहीमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा देवदह–५ का २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन्। उनको उपचार भइरहेको र अवस्था सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ