फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो खाता खोलेको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) मतगणना सकिनु अघि नै विजयी भएकी छन्। उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन्। केही मत गणना बाँकी रहे पनि मतान्तरका कारण उनको जीत सुनिश्चित भएको हो।
श्रेष्ठ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा उनले १० हजार ११२ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी सुमन सायमी ले ६ हजार १७९ मत प्राप्त गरेका थिए।
त्यसैगरी २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह १२५ मतको अन्तरले विजयी भएका थिए। उनले रवीन्द्र मिश्र लाई पराजित गरेका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ