शनिबार, चैत्र २१, २०८२

नयाँ प्रणालीका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने


कान्तिपथ


काठमाडौं । राहदानी विभाग ले नयाँ प्रणाली कार्यान्वयनको प्रक्रियामा जाँदा राहदानी वितरण सेवा केही समय प्रभावित हुन सक्ने जनाएको छ। विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।

हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण हुने क्रममा अन्तरिम अवधिसम्म प्रणाली पूर्ण रूपमा स्थिर नहुँदा राहदानी वितरणमा समस्या आउन सक्ने विभागले जनाएको छ।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट उपलब्ध गराइने राहदानी सेवा एकदेखि तीन हप्तासम्म प्रभावित हुन सक्छ भने विभागबाट उपलब्ध गराइने सेवा करिब एक हप्तासम्म बन्द हुन सक्नेछ।

नयाँ प्रणाली लागू भएपछि पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने भएकाले यस अवधिमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले हालको तुलनामा बढी समय कुर्नुपर्ने विभागले जनाएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै आगामी ६ महिनाभित्र अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवधि सुरु हुनुअघि नै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागमार्फत राहदानी सेवा लिन विभागले आग्रह गरेको छ।

नयाँ प्रणाली लागू हुने मिति तथा त्यसबेलाको व्यवस्थाबारे थप जानकारी पछि अर्को सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत