शनिबार, चैत्र २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • जेनजी प्रदर्शनमा भूमिका खेलेका प्रहरी अधिकारी र सर्वसाधारणलाई पुरस्कार सिफारिस

जेनजी प्रदर्शनमा भूमिका खेलेका प्रहरी अधिकारी र सर्वसाधारणलाई पुरस्कार सिफारिस


कान्तिपथ


जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनामा प्रहरी कार्यालय तथा हतियार सुरक्षामा योगदान पुर्‍याउने प्रहरी अधिकारीहरूलाई पुरस्कारका लागि सिफारिस गरिएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई सम्मानका लागि सिफारिस गरेको हो।

सिफारिस सूचीमा कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालिमाटीका डीएसपी मधु थापा, मालिगाउँका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द तथा ठिमीका डीएसपी नवराज ढुंगाना रहेका छन्।

त्यसैगरी, भदौ २४ गतेको प्रदर्शनका क्रममा सहयोग पुर्‍याउने दुई जना व्यवसायीलाई पनि आयोगले पुरस्कारका लागि सिफारिस गरेको छ। कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई सम्मानका लागि प्रस्ताव गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत