बिहिबार, चैत्र १९, २०८२

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक


कान्तिपथ


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भएका चार प्रमुख निर्णय सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको हो।

बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारका प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ तथा अघिल्ला विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, सरकारको शासकीय सुधारका लागि तयार गरिएको ‘१०० कार्यसूची’ अनुमोदन गरिएको छ, जसलाई छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।

बैठकले भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। सुरक्षा निकायसँग सम्बन्धित सिफारिसहरूको अध्ययन गर्न छुट्टै समिति गठन गरिने र त्यसको प्रतिवेदनअनुसार अगाडि बढिने बताइएको छ। अन्य सिफारिसहरू भने सम्बन्धित निकायलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइने निर्णय गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत