काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार तोकिएको समयसीमाभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।
अर्यालको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका थिए भने स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले अर्यालको निर्वाचित हुनु लगभग सुनिश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट औपचारिक रूपमा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ