सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) पाँचदिने भारत भ्रमणमा प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली जान लागेका हुन्।
रास्वपाका अनुसार लामिछानेसँगै उनकी पत्नी निकिता लामिछाने, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।
पार्टीले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछानेको भ्रमण जेठ १८ गतेदेखि २२ गतेसम्म रहनेछ। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ। लामिछाने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
यो भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि हुन लागेको भएकाले राजनीतिक वृत्तमा यसलाई विशेष चासोका साथ हेरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ