काठमाडौं । प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति बालेन शाहले देशका सात विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारलाई सिफारिस समितिको सुझावका आधारमा शुक्रबार उपकुलपतिमा नियुक्त गरिएको हो।
नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवारहरूको छनोट गरी सरकारसमक्ष सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपति शाहले सातै विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्दै विश्वविद्यालयहरूको शैक्षिक तथा प्रशासनिक नेतृत्वलाई पूर्णता दिएका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ