पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ। धनकुटाका नेता गुरागाईंमाथि उनका छिमेकीले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का वासिन्दा हुन्। गुरागाईं ०४८ सालमा सांसद बनेका थिए।
खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ । घरमा गफगाफ गरिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको थियो। ती युवकले किन खुकुरी प्रहार गरेका हुन् भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
गुरागाईंको अनुहारमा गहिरो चोट लागेको छ। उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ