बुधबार, बैशाख ९, २०८३

दोलखामा एमालेका वडा अध्यक्षका उम्मेदवार माओवादी प्रवेश


कान्तिपथ


दोलखामा एमालेका प्रभावशाली नेता माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेका नेता पार्वत गुरुङको गृह पालिकाका नेता अनिल कुमार खड्काको माओवादी प्रवेशले एमालेलाई ठुलै झड्का लागेको छ ।

खड्का २०७४ को स्थानीय चुनावमा गौरीशंकर गाउँपालिका वडा नं ३ मा नेकपा (एमाले) को तर्फबाट एमालेको उम्मेदवार थिए । उनले ३४३ मत ल्याएका थिए । दोलखाको चरिकोट स्थित हाम्रो रेडियोको हलमा उनी ठुलो संख्यामा कार्यकर्ता सहित माओवादी प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवी खड्का, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादी नेता-कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत