सरकारले डिजेल, पेट्रोल र मट्टितेलको ह्वात्तै बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो निर्णय शनिबार साँझ भएको थियो भने गएरातिदेखि नै कार्यान्वयनमा गएको छ ।
यससँगै शनिबार राति एकाएक अधिकांस पेट्रोल पम्पहरु बन्द भएका थिए । बढेको मूल्यमा भोलिपल्ट अर्थात आज तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेका हुन् । पम्प बन्द गरिए पनि सरोकारवाला निकाय भने मौन देखिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ