मङ्लबार, बैशाख १५, २०८३

नो पार्किङ्गमा गाडी राख्ने मन्त्रीबाट ट्राफिकले असुल्यो १ हजार


कान्तिपथ


भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । आज बिहान ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले उनको गाडीलाई कारवाही गर्दै १ हजार रुपैयाँ जरिवाना असुल गरेको हो । गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत