नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेमा बाँदर र बँदेलले किसानलाई हैरान बनाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान गरेको बताए ।
त्यसको रोकथामको लागि सरकारले कुनै काम नगरेको बताए । उनले भने– ‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्, प्रदेशमा भन्यो संघले बजेट दिँदैन, संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन । किसानलाई पेन्सन दिन्छु भनेर सरकारले घोषणा गरेको पनि डेढ महिना बित्यो । अब तिनले के पाउँछन् ?’
उनले त्यो ठाउँमा बाँदर र बँदेलबाट जोगाउने अरु कुनै उपाय नभएको उनले बताए । उनले संघीयताले जनताले केही फेला नपारेको बताए । जनताले प्रदेश सरकार फेला नपारेको र स्थानीय तहमा कर्मचारी नभएर काम नहुने उनले बताए । पुलिसलाई भन्दा आठ–नौ सय सांसदलाई सलामी गर्दैमा बित्ने र जनता असुरक्षित रहेको उल्लेख गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ