मङ्लबार, बैशाख १५, २०८३

वर्षाको बितण्डा : प्रहरी चौकी बगायो, सुकुम्बासी बस्ति डुबानमा !


कान्तिपथ


वर्षाका कारण काठमाडौंको काँडाघारी क्षेत्र डुबानमा परेको छ। वर्षाको पानीले त्यहाँ प्रहरी प्रभाव डुबानमा पर्नाका साथै सुकुमवासी टोलका २ घर बगाएको छ।

प्रहरी प्रभाग (काँडाघारी) का अनुसार मंगलबार रातिको वर्षाले प्रहरी प्रभागको एक तला पूरै डुबेको छ भने मेसको आधा भाग भेलले बगाएको छ। मेसभित्र रहेका ग्यास, खाद्यान्न, भाँडाकुँडा र फर्निचर सामान पनि भेलले बगाएको प्रहरीले जानकारी दिएको छ।

कार्यालय पछाडि राखिएका ३ वटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ। वर्षाका कारण बिजुलीको लाइन पनि काटिएकाले नेट तथा फोन सेट पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशुचौपाया बगाएर क्षति भएको छ।

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीका ८ सय ८० घरमध्ये झन्डै ८ सय घर डुबानमा परेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत