मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • नेदरल्यान्ड पठाइदिन्छु भन्दै १ करोड ठग्ने खोटाङका राई पक्राउ

नेदरल्यान्ड पठाइदिन्छु भन्दै १ करोड ठग्ने खोटाङका राई पक्राउ


कान्तिपथ


नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई रहेका छन् ।

पानीजहाजमा काम लगाई मासिक ७५ हजार तलब हुने प्रलोभन देखाई १६ जनाबाट १ करोड ३६ लाख रुपैयाँ लिएर वेपत्ता भएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ का २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए ।

राईले उनीहरुबाट प्रतिव्यक्ति १६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । पक्राउ गरेका राईमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत