मङ्लबार, बैशाख ८, २०८३

७७ वटै जिल्ला अदालतबाट साइबर मुद्दा चलाउने तयारी


कान्तिपथ


विद्युतीय कारोबार ऐन, २०६३ अनुसारका मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्रै चल्दै आएकोमा अब ७७ वटै जिल्लाबाट मुद्दा चलाउन मिल्ने गरी व्यवस्था गर्न लागिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै महान्यायाधीवक्ता खम्बबहादुर खातीले उक्त कुरा बताएका हुन्।

केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५ लाई संशोधन गरेर ७७ वटै जिल्लाबाट साइबरको मुद्दा चलाउन मिल्ने व्यवस्था गरिने महान्यायाधीवक्ता खातीले बताए। त्यसका लागि प्रक्रियासमेत अघि बढाइएको उनको भनाइ छ।

अनुसन्धानलाई थप प्रमाणमुखी बनाउनका लागि अनुसन्धान अधिकृतलाई तालिमसमेत दिएर छुट्टै ‘स्पेशल टीम’ बनाएर काम गर्दा अझ प्रभावकारी हुने खातीको भनाइ छ।

‘अनुसन्धान अधिकृत र सरकारी वकिल र सर्वसाधारणबाटसमेत ७७ वटै जिल्लाबाट मुद्दा चल्नुपर्ने भन्ने प्रतिक्रिया तथा अनुरोध आएकाले त्यसलाई जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने गरी अघि बढाइएको छ’, खातीले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत