काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बुधबार उपचारकाक्रममा शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएका कैदीका विषयमा अनुसन्धान गर्न एसपी देवेन्द्रबहादुर पालको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
यस्तै नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेबारी हटाउनुका साथै डीउटीमा खटिएका सबै प्रहरी कर्मचारीलाई बुधबारकै मितिबाट निलम्बन गरेको छ ।
बुधबार अपराह्न ४ः१० बजे रामेछाप घर भएका ३८ वर्षीय कैदी बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएकामा उनी सोही अस्पतालबाट एक हातमा लगाएको हतकडीसहित फरार भएका हुन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका भोला बुढाथोकी फरार भएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ