मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • हनी ट्रयाप काण्ड: मेसेन्जरबाट शारीरिक सम्पर्कको प्रस्ताव- बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ५ करोड डिलिङ

हनी ट्रयाप काण्ड: मेसेन्जरबाट शारीरिक सम्पर्कको प्रस्ताव- बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ५ करोड डिलिङ


कान्तिपथ


घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा-६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज छन् ।

पीडित भनिएका दाङका ४५ वर्षीय पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् । सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३५ लाख रुपैयाँ दिइसकेका थिए ।

उनमा लोभ बढ्दै गयो र आफूले भने जति पैसा नदिए बलात्कारमा फसाइदिने भन्दै बार्गेनिङ गर्न सुरु गरिन् । ‘सुरुदेखि नै आर्थिक सहयोग लिँदै आएको र पछि ठूलो लोभमा परेर बार्गेनिङ गर्न सुरु गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले भन्छन् ।

घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालिन् । त्यसक्रममा उनले कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिइन् । उनले पीडित पुरुषलाई मात्र नभएर उनको परिवारलाई समेत धम्याउँन थालिन् । पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत