सोमवार, चैत्र ३०, २०८२

अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती छ : प्रधानमन्त्री दाहाल


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ ।

मारवाडी सेवा समाजको ७०औँ साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्नेतर्फ अग्रसर भएर लागि रहेको बताउनुभयो ।

उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शैय्याको अस्पताल बनाउनेमा सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता जनाउनुभयो



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत