बिहिबार, बैशाख २४, २०८३

देउवा स्वदेश फर्कने तयारीमा, अनुसन्धानबीच नेपाल आउने संकेत


कान्तिपथ


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार उनी केही दिनभित्र स्वदेश फर्कने तयारीमा रहेका छन्। हाल हङकङमा रहेका देउवा पार्टी नेतृत्वसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ।

देउवा गत १३ फागुनमा सहयोगीसहित सिंगापुर गएका थिए भने पछि उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि त्यहाँ पुगेकी थिइन्। थप उपचार र पारिवारिक कामका सिलसिलामा देउवा हङकङ पुगेका थिए भने आरजु केही समय त्यहीं रहने जनाइएको छ।

यसैबीच, देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ। सम्बन्धित निकायले उनीहरूको चल–अचल सम्पत्ति रोक्का गर्नुका साथै पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ। सरकारले इन्टरपोलमार्फत प्रक्रिया अघि बढाउने तयारी गरिरहँदा देउवा स्वदेश फर्कन लागेका हुन्।

कांग्रेसका शीर्ष नेताहरूले पनि देउवालाई नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

यसअघि देउवाले सार्वजनिक वक्तव्यमार्फत आफूमाथि लागेको सम्पत्ति सम्बन्धी आरोपलाई भ्रामक भन्दै खण्डन गरेका थिए। उनले कानुनअनुसार सम्पत्तिको विवरण नियमित रूपमा पेश गरेको उल्लेख गर्दै आफ्नो जीवन पारदर्शी रहेको दाबी गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत