मङ्लबार, बैशाख ८, २०८३

१३ डिआईजी बढुवाको तयारी : प्रतिष्पर्धामा को-को ?


कान्तिपथ


सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा गरेसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी)को १३ दरबन्दी रिक्त छ ।

उनीहरुलाई केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो।

एसएसपीहरु जनकराज भट्टराई, भरतबहादुर बोहोरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र के.सी, अर्जुन चन्द ठकुरी, विकासराज खनाल, ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द बढुवाको तिब्र लबिङ्गमा छन् । विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्र कुवेर खापुङ, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का र योगबहादुर पाल बढुवाको लाइनमा छन् ।

आइजीपी नियुक्ति भएक केही दिनमा एआइजी बढुवा सिफारिस भएको थियो। त्यसपछि डिआइजी बढुवा सिफारिस भने रोकिएको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ उपनियम (१) (ख) बमोजिम डीआईजीमा बढुवा हुने व्यवस्था छ । त्यसका लागि गृहमन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एक जना एआईजी सदस्य सचिव रहने समितिले बढुवा सिफारिश गर्ने व्यवस्था छ ।

प्रहरी नियमावली नियम ३० को उपनियम (१) अनुसार समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता बापत पाएको अंकका आधारमा बढुवा सिफारिस गर्ने व्यवस्था छ ।

कार्यसम्पादन मूल्याङ्कन बापत ४० अंक, ज्येष्ठताबापत २२ अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८ अंक, शैक्षिक योग्यताबापत १० अंक, तालिमबापत ७.५ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक र बढुवा समितिले दिने ७.५ अंकका आधारमा बढुवा हुने व्यवस्था नियमावलीमा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत