शुक्रबार, चैत्र २७, २०८२

रसुवागढी नाका खुलेसँगै पन्ध्र करोड रुपैयाँ बराबरको नेपाली सामग्री चीन निर्यात


कान्तिपथ


रसुवा- चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढी हुँदै १५ करोड रुपैयाँ बराबरको नेपाली सामग्री चीन निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै नेपाली हस्तकलाका समाग्रीहरु चीन निर्यात भएको हो । रसुवागढी नाकाबाट चीनतर्फ निर्यात भएका सामग्रीहरुमा मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, हाते कागज, तामाका सजावट लगायतका सामग्रीहरु छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनको केरुङ तर्फ सामान निर्यातका लागि छ वटा फार्म सक्रिय रहेको बताउनुभयो । नेपालबाट चीनतर्फ नेपाली सामाग्री पठाउन सके थोरै भएपनि ब्यापार घाटामा कमी आउने उहाँको भनाई छ ।

यसैगरि आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आर्थिक बर्षको आठ महिनामा चार अर्ब १८ करोड राजस्व संकलन गरेको छ । चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ भने जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना, मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरण लगायतका सामग्री आयात हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत