नेपालका एक मात्र डलर अर्बपति तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरीसँग कूल १.८ अर्ब डलर सम्पत्ति रहेको छ।
उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। एक वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ