शुक्रबार, चैत्र २७, २०८२

१६ ब्रोकर कम्पनीलाई लाइसेन्सको आशयपत्र, कुन-कुन परे?


कान्तिपथ


स्टक डिलरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले एउट स्टक डिलरसहित १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्सको लागि आशयपत्र दिने निर्णय गरेको हो।

स्टक डिलरको नबिल र ब्रोकरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मेगा स्टक मार्केटले आशयपत्र अर्थात् एलओआई प्रदान गर्ने निर्णय बोर्डले गरेको हो।

बाँकी १४ वटाले भने सीमित कार्य गर्नका लागि ब्रोकर लाइसेन्स पाएका छन्। कुन-कुन कम्पनीले पाए आशयपत्र?

१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी
२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत